लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सर्वोच्चद्वारा दुर्गा प्रसाईँको पक्षमा रिट जारी

IMG

तिलोत्तमा सिटी, २०८० चैत १२ गते । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा रिट जारी गरेको छ ।सोमबार सर्वोच्चका न्यायाधीशद्वय कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले रिट जारी गरेको हो ।


मेडिकल व्यवसायी प्रसाईँले मेडिकल कलेज सञ्चालन गर्न पाउनुपर्ने माग राखी सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । झापाको बिएण्डसी मेडिकल कलेजको तर्फबाट दायर रिटमा सर्वोच्चका न्यायाधीशद्वय चुँडाल र सुवेदीको इजलासले सो रिट जारी गरेको हो । सोमबार रिट जारी भए पनि संक्षिप्त आदेश आएको छैन ।

कमेन्ट गर्नुहोस्