लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मणिमुकुन्द राष्ट्रिय भलिबल : तेस्रो दिनको खेलमा त्रिभुवन आर्मी, गण्डकी, नेपाल पुलिस, एपिएफ बिजयी

IMG

तिलोत्तमा सिटी २०८० माघ २८ गते ।  रुपन्देहीको  तिलोत्तमामा जारी नवौं मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल  प्रतियोगिताको  आईतबार भएको  खेलमा   त्रिभुवन आर्मी क्लब,  गण्डकी, नेपाल पुलिस, एपिएफ, बिजयी भएका छन । त्रिभुवन आर्मी क्लबले सोझो सेटमा  कोशी प्रदेशलाई हराउँदै बिजयी  भएको छ । आर्मीले २५–२० २५ –१३ २७–२५  बनाएर त्रिभुवन आर्मी  बिजयी भएको हो  । खेलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै  त्रिभुवन आर्मी  क्लबका खेलाडी  मनिस मानन्धर  खेलको म्यान अफ द  म्याच हुन सफल भएका छन ।  मानन्धर लाई   नगद सहित सम्मान गरिएको थियो ।   


नेपाल पुलिस क्लब र मधेश प्रदेश बीच भएको खेलमा नेपाल पुलिस क्लबले सोझो सेटमा हराउँदै बिजयी यात्रा तय गरेको छ । प्रहरीले २५–२० २५–११ २५–१२ बनाएर खेल आफनो कोल्टामा पार्ने सफल भएको हो ।  उक्त खेलमा  उत्कृष्ट  खेल प्रदर्शन गरेको भन्दै नेपाल पुलिस क्लबमा खेलाडी दिपक राज जोशी  खेलको म्यान अफ द म्याच हुन सफल भएका छन उनलाई नगद सहित सम्मान गरिएको थियो । एपिएफ क्लब र  कर्णाली प्रदेश बीच भएको खेलमा एपिएफ क्लबले सोझो सेटमा कर्णालीलाई हराउँदै बिजयी भएको छ । २५–२१ २५–२१ २५–२० बनाएर एपिएफ बिजयी भएको हो । खेलमा उत्कृष्ट  खेल प्रदर्शन गरेको भन्दै एपिएफका खेलाडी बिजय थापालाई खेलमो म्यान अफ द म्याच हुन सफल भएका छन् उनलाई नगद सहित सम्मान गरिएको थियो।


गण्डकी प्रदेश र बाग्मती प्रदेश बिच भएको खेलमा गण्डकी प्रदेश बिजयी भएको छ । पहिलो सेट गण्डकीलाई २३  अंकमा रोक्दै बाग्मतीले २५ बनाएर पहिलो सेट जितेपनि त्यसलाई निरन्तरता दिन भने सकेन गण्डकीले पहिलो सेट गुमाए पनि अन्य सेटहरु भने आफ्नो कोल्टामा पार्न सफल भएको छ । २५–१९ २५–२१ २५–२३ बनाएर गण्डकी प्रदेश बिजयी भएको हो । खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै गण्डकी प्रदेशका खेलाडी राजन दलार्मी  प्रतियोगिताको म्यान अफ द म्याच हुन सफल भएका छन् उनलाई नगद सहित सम्मान गरिएको थियो ।  


नेपाल पुलिस क्लब र सुदूरपश्चिम  प्रदेश बीच भएको खेलमा नेपाल पुलिस क्लब बिजयी भएको छ । पुलिस क्लबले २५–१७ २५–१४ २५–१९ बनाएर पुलिस क्लब बिजयी भएको हो उक्त खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै नेपाल पुलिस क्लबका खेलाडी रबिन नगरकोटी लाई खेलको म्यान अफ द म्याच घोषणा गरिएको थियो उनलाई खेलकुद लुम्बिनीका सदस्य सचिब जय प्रकाश भट्टराईले नगद सहित सम्मान  गरिएको  आयोजक मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष लोकेन्द्र भन्डारीले बताए ।


पहिलो चरणको खेल चलीरहेको उनको भनाइ छ । खेलमा  प्रथम हुनेले नगद २ लाख १ रुपैयाँ सहित कप मेडल प्रमाणपत्र पाउने छन  । दिृतीय  हुनेले १ लाख ५० हजार १ रुपैया  नगद कप मेडल प्रमाणपत्र हात पार्नेछन भने   तृतीय हुनेले नगद १ लाख १ रुपैयाँ नगद सहित कप मेडल प्रमाणपत्र पाउने छन भने   सान्त्वना स्थान  हुनेले नगद ५० हजार १ रुपैयाँ सहित कप मेडल प्रमाणपत्र पाउने खेल संयोजक सुरेन्द्र गुरु·ले बताए ।


प्रतियोगितामा  उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई   बिधागत रुपमा नगद  सहित मायाको चिनोले  सम्मान गर्ने आयोजक क्लब मणिमुकुन्द भलिबल क्लबका  बरिष्ठ उपाध्यक्ष  किसन चन्दले बताए । प्रतियोगिता माघ २ गते सम्म सन्चालन हुने खेलको मुख्य प्रायोजक तिलोत्तमा नगरपालिकाले गरेको छ भने  प्रदेश खेलकुद परिषद लुम्बिनीलले   खेल प्रवद्र्धन  नेपाल भलिबल संघको सहयोगमा   प्रतियोगिता  भैरहेको   आयोजक क्लबले  जनाएको छ ।

कमेन्ट गर्नुहोस्