लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनीबाट राष्ट्रियसभा निर्वाचनमा ७ जनाको उम्मेदवारी

tillotmacitynews - 2024 Jan 08 05:15 PM
IMG

तिलोत्तमा सिटी , २०८० पुष २३ गते । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य पदको २ सिटका लागि  ७ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन कार्यालय घोराहीकाअनुसार  ३ जना महिला र अन्यमा ४ जनासहित ७ जनाको उम्मेदवारी  परेको हो । महिलामा एमालेकी तुलसा कुमारी, नेपाली कांग्रेसकी  विष्णुकुमारी सापकोटा र  राप्रपाकी  विजयलक्ष्मी सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।  केसी दाङ, सापकोटा गुल्मी र  सिंह कपिलवस्तु जिल्ला निवासी हुन् ।


त्यस्तै अर्को एक सिटका लागि  जनमत पार्टीका बालगोविन्द चौधरी, एमालेका झपेन्द्रबहादुर जिसी, राप्रपाका निरनजन थापा र माओवादीका झक्कुप्रसाद सुवेदीको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ता गराउने  जनमतका चौधरी  नवलपरासीका हुन् भने जिसी पाल्पा, थापा रुपन्देही र सुवेदी रोल्पा जिल्ला निवासी हुन् ।

कमेन्ट गर्नुहोस्