लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नविनले नचाए राष्ट्रभक्ति गीतमा ज्येष्ठ नागरिक

IMG

तिलोत्तमा सिटी,१७ मंसिर २०८०।‘‘लेउ खुकुरी लेउ जनता लेउ खुकुरी लेउ,भ्रष्टाचारि जति लाई पुर्याइदिउँ छेउ’’भन्दै गायक नबिन पौडेल गीत के गाएका थिए रुपन्देहीको सैनामैना बस्ने ८६ वर्षिय ज्ञानधरि अर्याल नाच्न स्टेज निरै पुगिन । गायक पौडेलेले हालको परिस्थिती र अवस्थालाई संगीतको माध्यमबाट प्रस्तुत गर्दा गीतको लयसँगै उनी निकै बेर सम्म नाचिन । उमेरले जेष्ठ नागरिक भएपनि नृत्यमा भने ‘भ्रष्टाचारि जति लाई पुर्याइदिउँ छेउ’ भन्दै दोहोराउदै तन्नेरीकै शैली अर्याल भुरुक भुरुक नाचेर साथ दिइन । देशको समसामयिक अवस्थालाई शब्द सिर्जना साथै स्वर मार्फत जनतालाई जागरुक गराउने पौडेलको त्यो गितले अर्याल भरपुर मनोरञ्जन गरिन ।


गायक नबिनकै गीत सुनेर अर्की ७५ वर्षिय राधा गौतम पनि जोशका साथ नाचेर साथ दिइन । भैरहवा निवासी गौतमले ‘भ्रष्टाचारि जति लाई पुर्याइदिउँ छेउ’ भन्दै टुक्का दोहोराउदै उपस्थित अन्य कलाकारलाई अकमक्क पारिन । व्यस्क तथा युवाहरुले पनि गायकलाई नाचेर साथ दिइरहदा यि दुई जेष्ठ नागरिक आमाहरु त प्रतिनिधि मुलक पात्र हुन ।भैरहवामा जारी छैठौं प्रादेशिक महोत्सवमा आएका गायक पौडेलले समय अभावले महोत्सवमा केही गीत मात्र प्रस्तुत गर्न पाएपनि सबै दर्शकलाई छमछम नचाए । स्टेज छोडेर पौडेलले दर्शक दिर्घामै गएर पनि केही गित पस्के । चर्चित गायक नवीन पौडेल जनगायकको रुपमा पनि परिचय बनाएका छन ।


मेरो देश सधै रोइरहेको छ , मेरी आमा सधै रोइरहेकी छन, मेरो माटो र मेरो देश धरधरी रोइरहेको छ गायक पौडेलले भने । यो देशको छोरो अष्ट्रेलिया, क्यानाडा, युरोप गइसक्यो यो देशमा बस्ने कोही पनि छैन । किनकी यो देश नेतृत्व गर्ने लुटिसके तिनकै विरुद्धमा ‘‘लेउ खुकुरी लेउ जनता लेउ खुकुरी लेउ, भ्रष्टाचारि जति लाई पुर्याइदिउँ छेउ’’ गीत गाएको पौडेलले भने । यो गितबाट देशको लागि आवाज उठाएको, सत्यको पक्षमा हुनुपर्छ । उनले यो गितको माध्यमबाट सबैले खबरदारी गर्नु पनि आग्रह गरे ।


नेपालको लोक, कला, संस्कृति र साहित्य क्षेत्रमा योगदान पुर्याए बापत उनी नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट जनसेवा श्री पदकले समेत सम्मानित भएका थिए । सिर्जनाको माध्यमबाट पौडेलले नेपालको कला, संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा चिनाउदै आएका छन । उनको सृजनामा देशको समसामयिक अवस्थाको चित्रणका साथै स्वर मार्फत जागरुकता बढेको छ भने सांस्कृतिक यात्राले नेपालको कलासंस्कृतिलाई संरक्षण र प्रवर्द्धनमा सहयोग पुगेको छ ।


पाल्पा जन्मस्थान भएका पौडेलले “के सम्झनु छर जान्न मत त्यो घर“,“ हरेक जातजाति छौँ नानाथरी“, “फुलेको तोरीलाई हुर्किएकी छोरिलाई जोगाउनै गाह्रो“, “सुदुरपश्चिम घर मेरो ओई सुवा सुदुरपश्चिम घर मेरो“, “दुखका दिन गए, श्रीनगर बतासे डाँडैमा“, “आजै भेट बटौली आको म परेँ पाल्पाको“ लगायतका दर्जनौँ सामाजिक एवं यथार्थपरक गीतहरुको सिर्जना गरेका छन ।नबिन पौडेल मात्रै होइनन गायक कमल खत्री, अफ्सर अलि हास्य कलाकार उज्जवल गिरी, गायिका रितु थापा, सरस्वती थारु, रेनु राना, डान्सर बबिता धितालले पनि प्रस्तुती दिएका थिए ।



कमेन्ट गर्नुहोस्