लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पशुलाई आठ घण्टाभन्दा बढी हिँडाए जरिबाना

IMG

तिलोत्तमा सिटी,असोज १८  गते ।  पशु सेवा विभागलगायत अन्य सरोकारवालाले विभिन्न कार्यक्रम गरी बुधबार विश्व पशु दिवस मनाएका छन् । सन् १९२९ देखि प्रत्येक अक्टुबर ४ का दिन यो दिवस मनाउन सुरु गरिएको हो । पशुको कल्याण र यसको संरक्षण गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको छ । पशु कल्याणका लागि विभागले विभिन्न निर्देशन तथा मापदण्ड बनाएको छ ।  पशु सेवा विभागले पशुलाई पैदल ढुवानी गर्दा आठ घण्टाभन्दा बढी हिँडाउन नमिल्ने मापदण्ड तोकेको छ तर रातभर २४ घण्टासम्म पैदल हिँडाएर पशु ढुवानी भएको पनि पाइएको विभागले जनाएको छ । मापदण्ड अनुसार गाई र भैँसीलाई २५ किलोमिटरभन्दा बढी हिँडाउन पाइने छैन भने भेडा र बाख्रालाई ३०, सुँगुर र बङ्गुरलाई १२ तथा पाडापाडी, बाच्छाबाच्छी र पाठापाठीलाई १५ किलोमिटरभन्दा बढी हिँडाउन नपाइने मापदण्ड रहेको विभागका उपमहानिर्देशक प्रेरणा सेढाइँ भट्टराईले बताउनुभयो । उहाँका अनुसार शारीरिक बनोट फरक फरक हुने विभिन्न जात, उमेर, लिङ्गका पशुलाई एउटै गाडीमा राखेर ढुवानी गर्न नहुने पशु ढुवानी मापदण्डमै उल्लेख छ । विभागले अनुगमन गर्दा एउटै गाडीमा विभिन्न जातका पशु, फरक फरक उमेर तथा लिङ्गका पशु राखेर ढुवानी गरेको भेटिएको उहाँले बताउनुभयो । 

पशु ढुवानी गर्दा गाडीभित्र पर्याप्त स्थान उपलब्ध गराउनुपर्ने मापदण्डमा उल्लेख छ । गाई र भैँसीका लागि ०.८४ देखि १.२७ वर्गमिटर ठाउँ रहनुपर्ने अनिवार्य गरेको तर गाडीमा ल्याउँदा गाईबस्तुलाई कोचेर राख्ने गरिएको पनि विभागले जनाएको छ । 

पाडा र बाच्छाका लागि ०.३ देखि ०.४ वर्गमिटर, सुँगुर र बङ्गुरका लागि ०.३ देखि ०.४ वर्गमिटर, भेडाबाख्राका लागि ०.२ देखि ०.३ वर्गमिटर ठाउँ राख्नुपर्ने मापदण्डमा उल्लेख छ तर चाडपर्वको समयमा गाडीको छतमा, डिकीमा राखेर खसीबोका ढुवानी गरेको पाइन्छ । सरकारले त्यसमा पूर्ण रूपमा बन्देज लगाएको छ तैपनि व्यापारीले लुकाएर ल्याउने गरेको पाइन्छ । 

मापदण्डविपरीत काम गरेका ढुवानीकर्तालाई पाँच हजार जरिबाना गर्ने प्रावधान राखिएको छ । व्यापारीहरू पाँच हजार जरिबाना तिर्न तयार हुने तर ढुवानीमा लापरबाही बन्द नगर्ने प्रवृत्तिका पाइएको उपमहानिर्देशक भट्टराईले बताउनुभयो । पाँच हजार जरिबाना एकदमै न्यून भएकाले कडा कारबाही वा जरिबाना नगरेसम्म जथाभाबी ढुवानीलाई नियन्त्रण गर्न समस्या हुने उहाँको भनाइ छ । 

मुलुकी अपराधसंहिता ऐन २०७४ अनुसार गाई मारेमा तीन वर्ष कैदको व्यवस्था गरेको छ । त्यस्तै घाइते वा अङ्गभङ्ग भएमा छ महिना कैद वा ५० हजार जरिबानाको व्यवस्था सो ऐनमा गरिएको छ । त्यसै गरी पशुपन्छी राख्दा लापरबाही गरेमा एक वर्ष कैद वा १० हजार जरिबानाको व्यवस्था गरिएको छ । 

कमेन्ट गर्नुहोस्