लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘सेल्फी खिचौंला’मा विना र सरोजको रोमान्स

IMG

तिलोत्तमा सिटी, २०८० असोज १२ गते ।अहिलेको जमाना सेल्फीको छ । सेल्फी खिचेर सोसल मिडियामा अपलोड गर्न हरेक वर्गका मानिसहरु उत्साहित देखिन्छ । यही बिषयलाई समावेश गर्दै गीत तयार पारिएको छ ।रानी शाक्य र किरण भुजेलको स्वरमा हरि उप्रेतिको शब्द, नागेन्द्र श्रेष्ठको संगीतमा ‘सेल्फी खिचौंला’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीतमा यूवा यूवतीविच सेल्फी खिच्ने र माया पिरती साट्ने भावलाई उठान गरिएको छ । गीतका शब्दहरु टिकटकमा हिट हुन सक्छन् ।


भिडियोमा विना राउत, सरोज प्रजा र निक्स शर्माको अभिनय हेर्न सकिन्छ । भिडियोमा ३ जनाले गज्जबको नृत्य गरेका छन् । प्रहिल कार्कीको निर्देशनमा तयार भएको यो भिडियोमा उत्तम हुमागाँइको छायांकन, सन्तोष राजबहाकको कोरियोग्राफी, राकेश दाहालको सम्पादन छ । 



कमेन्ट गर्नुहोस्