लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दाङको कारागारमा आत्मघाती गोली चल्यो, सशस्त्रका सहायक हवल्दारको मृत्यु

IMG

तिलोत्तमा,२०८० बैशाख ३। आफैलाई गोली हानेर दाङमा एक जना सशस्त्र प्रहरी हवल्दारले आत्महत्या गरका छन् । आत्महत्या गर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ निवासी बसन्त केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजन कुमार गौतमले जानकारी दिए ।उनी सशस्त्र प्रहरी सहायक हवल्दार पदमा रहि कारागार सुरक्षा बेस तुल्सीपुर दाङमा कार्यरत रहेका थिए । आइतबार बेलुका ८: ४० बजे कारागार भित्र डिउटीमा रहेको बेला एस.एल.आर.राइफलले चिउडाेमा हान्दा टाउकोकाे उपल्लाे भागबाट गाेली निस्किएको छ ।केसीको शवलाई पाेष्टमार्टमकाे लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

कमेन्ट गर्नुहोस्