
" सपनी राम्रो देखिन बिपनिमा भेटिन " " बनकी चरी के भन्छे के " जस्ता सर्वाधिक चर्चित गीतका गायक रुपक डोटेलको आवाजमासजिएको गीत " जाने भए जाउ " बोलको गीतको म्युजिक भिडियो बजारमा आएको छ। नेपाली गीत संगीतको उर्वर भुमिस्याङ्गजामा जन्मिएका डोटेलले झन्डै दुइ दशक नेपाली गीत संगीतमा राज गरे, उनै डोटेलको स्वरमा सजिएको गीत " जाने भएजाउ " को भिडियो केहि दिन अगाडी सार्वजनिक भएको हो । " जाने भए जाउ " गीतमा मनोज चौलागाईको संगित र एरेन्ज रहेको छभने शब्द सरिता सापकोटाको रहेको छ । एकोस्टिक नेपालमा रेकर्ड भएको गीतको रेकर्डिस्ट राजाबाबु हुन् मिक्सिंग प्रकाश मिश्रलेगरेका हुन् अत्यन्तै मिठो गीत को म्युजिक भिडियो पनि निकै उत्कृस्ट निमार्ण भएको छ, चर्चित मोडेल बिकास लामिछाने र रिचा थापासंगै अशोक घिमिरेले पनि अभिनय गरेका छन् , छायांकन चक्र बहादुर बरालको छ भने सम्पादन तथा निर्देशन टेकेन्द्र शाह को रहेकोछ भिडियोले नेपाली सांगीतिक बजारमा राम्रो प्रतिक्रिया पाएको छ , भिडियो five Star युटुब च्यानल बाट सार्वजनिक भएको छ।
कमेन्ट गर्नुहोस्