
तिलोत्तमा, २० फागुन २०७९। विभिन्न रोगको उपचार तथा शल्यक्रिया गर्दा, दुर्घटना हुँदा तथा महिलाहरुको प्रसुतिको बेला रगत अत्यावश्यक हुने गर्दछ । रगतको यो अभावलाई केहि हदसम्म कम गर्ने उद्देश्यले सुनौलो युथ क्लब तिलोत्तमा-३ ले देउराली मेडिकल हलको प्राङ्गणमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो। उक्त रक्तदान कार्यक्रममा ६० जना रक्तदाताले रक्तदान जीवनदान गरेको क्लबका अध्यक्ष दुर्गा बहादुर सिंजालीले बताए।
तिलोत्तमा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष कल्याण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो रक्तदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले सामाजिक सेवामा अग्रसर भै समाजको लागि उल्लेखनिय कार्यक्रम गर्दै आएको सुनौलो युथ क्लब प्रति धन्यबाद ज्ञापन गर्नुभएको थियो। अस्पताल तथा स्वास्थ्य संस्थामा रगतको अभावको समाचारहरु आइरहेको र रगत अभाव हुनसक्ने सम्भावनालाइ मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको क्लबका सचिव तथा कार्यक्रम संयोजक एबम कार्यक्रम संचालक रंजित घलेले बताए ।
साथै सो रक्तदान कार्यक्रममा महिला रक्तदाताहरुको पनि उल्लेख्य सहभागिता रहेको कार्यक्रम संयोजक घलेले बताए। सामाजिक गतिविधिमा सहकार्य गर्दै आएको क्लबले यस क्षेत्रमा विभिन्न रचनात्मक कार्य गर्दै आएको बताउदै क्लबका अध्यक्ष सिंजालीले वृहत रक्तदान कार्यक्रममा उपस्थित सबैमा धन्यबाद ज्ञापन गरेका थिए।
कमेन्ट गर्नुहोस्