
तिलोत्तमा,२०७९ साल १६ कार्तिक। मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावलाई लक्षित गरी लुम्बिनी प्रदेशस्तरीय सुरक्षा बैठक बुटवलमा सुरु भएको छ ।प्रदेशका १२ वटै जिल्लाका विभिन्न सुरक्षा निकायका प्रमुख र प्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीहरुको सहभागिता रहेको वैठकको उद्घाटन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले आगामी निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।उनले भने, ‘राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायसँगको समन्वयमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ।
’स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबैको सहयोग रहेजस्तै आगामी निर्वाचन पनि सबैको सहयोगमा शान्तिपूर्ण हुने उनले बताए ।गृहमन्त्री खाणले नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको बताउँदै नागरिकको सुरक्षा र सम्पत्तिको रक्षाका लागि सरकार सधैँ प्रतिवद्ध रहेको उल्लेख गरे ।सुरक्षा बैठकमा प्रदेशको सुरक्षा अवस्था र आगामी निर्वाचनबारे छलफल हुनेछ । बैठकमा निर्वाचन बहिष्कार गर्दै बिथोल्ने धम्की दिएको विप्लव समूह र विप्लवबाट फुटेर गएको नेकपा बहुमतको गतिविधि नियन्त्रणका विषयमा पनि छलफल हुने सुरक्षा स्रोतले बताएको छ ।
कमेन्ट गर्नुहोस्