लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नवौं राष्ट्रिय खेलकुदको ट्रफी लुम्बिनीमा

tillotmacitynews - 2022 Sep 18 09:24 PM
IMG

तिलोत्तमा सिटी , २०७९ असोज २ ।  असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको ट्रफी बुद्ध जन्मस्थल लुम्बिनी पुर्‍याइएको छ ।सातै प्रदेशमा हुने ट्रफी टुर अन्तर्गत राष्ट्रिय खेलकुद ट्रफी सोमबार लुम्बिनी पुर्‍याइएको छ । ट्रफीलाई बुटवलस्थित एन्फा टेक्निकल सेन्टरमा पनि राखिएको थियो ।सुदूरपश्चिम प्रदेशपछि ट्रफीलाई लुम्बिनी प्रदेश पुर्‍याइएको हो ।


ट्रफी टुरमा ओलम्पिक दीपक विष्ट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही र विश्वचर्तित अल्ट्रा रनर मिरा राई सहभागी छन् ।

कमेन्ट गर्नुहोस्