लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जिम्बाब्वे ‘ए’ द्वारा नेपाल ६ विकेटले पराजित

IMG

तिलोत्तमा सिटी, बैशाख १८ गते २०७९ । पहिलो खेलमा नेपाललाई ६ विकेटले पराजित गर्दै टेस्ट राष्ट्र जिम्बाब्वेको ‘ए’ टिमले तिन  खेलको टि-२० सिरिजमा १-० को अग्रता हाँसिल गरेको छ । टियु अन्तर्राष्ट्रिय मैदानमा नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बाब्वे ‘ए’  ले ४ विकेट क्षतिमा ७ बल बाँकी रहँदै भेटायो । जिम्बाब्वे ‘ए’ को लागि ओपनर ताडीवानाशे मरुमानीले सर्वाधिक ५६ रन बनाए। टोनी मुन्योंगाले ५०, इनोसेन्ट कैयाले ४७ रन बनाए । मरुमानीले कियासंग ७३ रनको ओपनिंग साझेदारी तथा मुन्योंगासंग ७२ रनको साझेदारी गर्दै जितको आधार तयार गरे । नेपालको बलिंगमा डेब्यु गरेका देब्रे हाते स्पिनर बसिर एहमदले २ विकेट तथा करन केसी र सन्दिप लामिछानेले १/१ विकेट लिए । नेपालको ब्याटिंगमा मोहम्मद आदील आलमले सर्वाधिक ४७ रन बनाए जुन क्रममा अविजित रहँदै उनले २७ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । कुशल भुर्तेलले ४६, रोहित पौडेलले ३६ तथा दिपेन्द्र ऐरीले २८ रन योगदान दिए । ओपनर आसिफ सेख ९ रन बनाएर आउट हुँदा दोश्रो विकेटको लागि भुर्तेलले रोहित पौडेलसंग ५७ रन जोडे। एघरुण ओभरमा भुर्तेललाई ब्राण्डन मभुताले क्याच आउट पारे । तेश्रो विकेटको लागि रोहित पौडेल र दिपेन्द्र ऐरीले ३९ रन जोडे। रोहित १४ औं र दिपेन्द्र १६ औं ओभरमा आउट भए। त्यसपछि आदील आलमले आक्रामक ब्याटिंग गरे । जिम्बाब्वे ‘ए’ का बलर  ब्राड इभान्स, लु जोंग्वे, ब्राण्डन मभुता र जोन मसाराले १/१ विकेट लिए।





कमेन्ट गर्नुहोस्