लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

१९७४ एडीको प्रस्तुति बुटवलको कन्सेप्ट्मा

IMG

तिलोत्तमा सिटी, बैशाख ५ गते २०७८। विश्वमा चर्चा कमाउन सफल ख्यातिप्राप्त नेपालको १९७४ एडी ब्यान्डको प्रस्तुति लामो समयपछि बुटवलमा हुने पक्का भएको छ। अर्गनाइजर एएमई ग्रुपले लिजेण्ड ब्याण्ड म्युजिसियनलाई विभिन्न माध्यम मार्फत स्टेजमा प्रस्तुत गर्ने भएको छ।  सो प्रस्तुतिको पहिलो फेजमा १९७४ एडि ब्यान्डको प्रस्तुति काठमान्डौ सहित देशका प्रमुख शहरहरुमा राख्ने भएको छ। काठमान्डौमा फस्ट फेजको पहिलो कार्यक्रम सकिसकाएको लर्ड काठमान्डूको प्रस्तुतिमा बुटवलको कन्सेप्ट रेस्टुरेण्ट एण्ड बारमा फस्ट फेजकै दोस्रो शो हुने भएको छ। बुटवलमा युवाको संगीत दुनियाको ढुकढुकी बनेको कन्सेप्ट्मा हुने कार्यक्रममा १९७४ एडीले २० बढी गीतहरुको प्रस्तुति गर्ने आयोजकका तर्फबाट ईभेन्ट म्यानेजर अनुप प्रधानले जनाएको छ। देशभर हुने सो कार्यक्रमको पहिलो फेजको तेस्रो कार्यक्रम अन्तर्गत शनिबार पोखरामा बेजोड प्रस्तुति हुने आयोजकका तर्फबाट म्यानेजर अनुप प्रधानले जनाएको छ। 


लिड भोकलमा फिरोज स्याङ्ग्देन र एड्रिन प्रधान रहने छन्।  १९७४ एडीका चर्चित गीतहरुमा धेरै धेरै आउछ मनमा, छुदैन तिम्रो मायाले, सम्बोधन तिमीलाई, साँझको बेलामा, सम्झी बस्छु कता कता, परेलीमा लुकाई राखन, जति माया लाएपनी, चौबन्दी चोली, गुराश फुल्यो लगायत धेरै चर्चित गीतहरुको प्रतुती रहने म्यानेजर अनुप प्रधानले बताए। 

कमेन्ट गर्नुहोस्