लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली थाइल्याण्ड प्रस्थान

IMG

२०७८ चैत ७, तिलोत्तमा सिटी । नेपाली राष्ट्रिय फुटबल टोली दुई मैत्रीपूर्ण खेलका लागि सोमबार थाइल्याण्ड प्रस्थान गरेको छ । एएफसी एसियन कपको अन्तिम चरणको छनोटको तयारी स्वरुप नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले १० चैतमा थाइल्याण्डसँग र १३ चैतमा शीर्ष श्रेणीको क्लब चोङ्गबुरी एफसीसँग खेल्नेछ । एन्फाले मैत्रीपूर्ण फुटबल खेलका लागि थाइल्याण्ड जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई आइतबार एन्फा कम्प्लेक्समा एक कार्यक्रमकाबीच टोलीलाई बिदाई गरेको थियो ।जुनमा हुने एसियन कप छनोटको तेस्रो चरणमा नेपाल समूह एमा परेको छ । नेपालको समूहमा जोर्डन, कुवेत र इण्डोनेसिया छन् । छनोटमा थाइल्याण्ड, उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंकाको समूहमा छ ।

कमेन्ट गर्नुहोस्