
२०७८ मङ्सिर २४, तिलोत्तमा सिटी। रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राममा टिप्परले ठक्कर दिदा मोटरसाइकल र स्कुटर चालक घाइते भएका छन्। शुक्रबार बिहान करीब ९ बजे पछि मणिग्राम ट्राफिक लाइट रहेकै स्थानमा दुर्घटना भएको छ। प्र-०३-००१ ख ३५२८ नम्बरको टिप्परले ट्राफिक लाइट नबोल्दै अघि जाने क्रममा रहेका लु ५ प १६५८ नम्बरको मोटरसाइकल र लु ४७ प ४९०४ नम्बरको स्कुटरलाइ ठक्कर दिदा मोटरसाइकल चालकको खुट्टा भाचिएको छ भने स्कुटर चालकलाई सामान्य चोटपटक लागेको छ। अहिले दुबैको क्रिमासन अस्पताल मणिग्राममा उपचार भैरहेको छ भने टिप्पर चालकलाइ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मंगलापुरका निमित्त इन्चार्ज प्र.श.नि. लक्ष्मण ज्ञवालीले बताउनुभयो।
कमेन्ट गर्नुहोस्