लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेप्से परिसूचक २४५५ अंकमा झर्‍यो

IMG

 २०७८ मङ्सिर २२ , तिलोत्तमा सिटी। बुधबार पनि शेयर बजारमा ठूलो गिरावट देखिएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ५३ दशमलव १० अंकले घटेर २ हजार ४ सय ५५ दशमलव ८० अंकमा झरेको छ ।‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ३४ अंकले घटेको छ । नेप्से परिसूचकसँगै बुधबार शेयर कारोबार रकम समेत सुस्तायो । दिनभर भएका ४२ हजार ९४६ कारोबारबाट २२६ कम्प्नीका ६५ लाख ६० हजार ९ सय ४७ कित्ता शेयर किनबेच भए । जसअनुसार कारोबार रकम २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६ सय २० रुपैयाँमा रोकिएको छ ।

कमेन्ट गर्नुहोस्