लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गीतगाएर जनयुद्धका योद्धा रुवाउने जेबी टुहुरे रहेनन्,स्ट्रोकले लियो ज्यान

IMG

तिलोत्तमा सिटी,१० भाद्र २०७८, बिहिबार।  जनयुद्धका योद्धा रुवाउने गरि गीत गाउने एक ससक्त आवाजको स्मरण मात्र हामीमाझ छ।बिहीबार निधन भएका जनगायक जेबी टुहुरेलाई नेकपा माओवादी केन्द्रले श्रद्धाञ्जली व्यक्त गरेको छ । टुहुरेको पार्थिव शरीरलाई माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।टुहुरेको पार्थिव शरीरमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीको झण्डा ओढाए । त्यस क्रममा सयौं सर्वसाधारण र माओवादी नेता कार्यकर्ताले उनलाई श्रद्धाञ्जली व्यक्त गरेका थिए।


भदौ १ गते दिउँसो काठमाडौंको कलंकीस्थित निजी निवासमा मष्तिष्क पक्षघात (स्ट्रोक) भएपछि टुहुरेको वयोधा अस्पतालको सीसीयूमा उपचार भइरहेको थियो । मधुमेह, फोक्सो र उच्च रक्तचापको समेत समस्या झेलिरहेका ७८ वर्षका टुहुरेको अप्रेसन गर्न असहज भएपछि औषधिको माध्यमबाट उपचार गरिएको थियो ।२००१ साल कात्तिक १५ गते सुनसरीको धरानमा जन्मिएका टुहुरेले २०२४ सालदेखि गीत रेकर्ड गराउन थालेका थिए । उनले २०२५ सालमा पूर्व कोशी प्रान्तीय कमिटीमार्फत कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए ।२०३४ सलमा रेकर्ड गराएको ‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैं प्यासी बनेर’बोलको गीत चर्चित छ ।


टुहुरेले गीत संगीतका माध्यमबाट पञ्चायतविरुद्धको आन्दोलनमा जनचेतना जगाएका थिए ।२०५२ देखि २०५९ सालसम्म राष्ट्रिय जनसाँस्कृतिक मञ्चको अध्यक्ष रहेका टुहुरे साँस्कृतिक संस्थानको अध्यक्ष भएका थिए । २०७० सालको संविधानसभा निर्वाचनमा उनी तत्कालिन एकीकृत नेकपा माओवादीको तर्फबाट संविधानसभा सदस्य भएका थिए । हाल टुहुरे नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार रहेका थिए । उनको एक श्रीमती एक छोरा र चार छोरी छन् ।

कमेन्ट गर्नुहोस्