लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भ्वाइस अफ नेपालका फाइनलिष्ट पुनलाई बुटवलमा सम्मान

IMG

तिलोत्तमा सिटी,०३ भाद्र २०७८, बिहिबार। भ्वाइस अफ नेपालका फाइनलिष्ट गोविन पुनलाई बुटवलमा सम्मान गरिएको छ । उनलाई बिहीबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयमा एक कार्यक्रमका बीच सम्मान गरिएको हो । उनलाई संगितकार सुरेश सेञ्चुरी, नेपाल लोक दोहोरी प्रतिष्ठान लुम्बिनी प्रदेशका उपाध्यक्ष दिपु मगर, चर्चित गायिका मञ्जु पौडेल, क्लबका अध्यक्ष रामकुमार क्षेत्री लगाएतले टिका र खादाले सम्मान गरेका हुन् ।सो अवसरमा भ्वाइस अफ नेपालका फाइनलिष्ट गोविन पुनले कोसिस जारी रहेपनि फाइनलसम्म जित्न नसकेको बताएका छन् । उनले हजारौं नेपालीको साथ रहँदा पनि अन्तिमसम्म पुग्न नसेको प्रति शुभचिन्तकहरु सँग माफि मागेका छन् । उनले भने –‘भ्वाइस अफ नेपालको अन्तिमसम्म पुग्ने चाहाना थियो । कोशिस गरे । तर पुग्न सकिन।’ उनले भ्वाइस अफ नेपालमा लुम्बिनी प्रदेशबाट पहिलो पटक फाइलिष्टसम्म पुगेको गर्व लागेको बताए । पुनले आफूलाई ट्रफिको लोभ नभएपनि परिवार र शुभचिन्तकको लागि अन्तिमसम्म प्रयास गरेको बताए । उनले आफ्ना शुभचिन्तकहरुलाई निरास नहुन आग्रह गर्दै आफुले छिट्टै आफ्ना सिर्जनाहरु संगितको मार्फतबाट बाहिर ल्याउने बताए ।



यस्तै, कार्यक्रममा संगितकार सुरेश सेञ्चुरीले राज्यले संगितलाई वेवास्ता गरेको बताए । उनले देशका तीनै तहका सरकारबाट संगितलाई प्राथमिकता नदिएको प्रति दुःख व्यक्त गरे । सेञ्चुरीले समाजमा रहेका हरेक विषयवस्तुलाई संगितकोमार्फत उजागर गर्ने कलाकारहरु नै पीडित अवस्थामा परेको बताए । उनले कलाकारहरुलाई कतैबाट पनि हौसला नभएको दु:ख व्यक्त गरे । उनले भ्वाइस अफ नेपालका फाइनलिष्ट गोविन पुनले पश्चिम क्षेत्रकै गौरभ राख्न सफल भएको भन्दै प्रसशां गरे। नेपाल लोक दोहोरी प्रतिष्ठान लुम्बिनी प्रदेशका उपाध्यक्ष दिपु मगरले राज्यबाट संगित क्षेत्र हेपिएको बताए । उनले खुबी हुँदाहुँदै पनि आर्थिक अवस्थाले गोविन पुन पछाडि परेको दुखेसो गरे । सो अवसरमा चर्चित गायिका मञ्जु पौडेल, गायक बसन्त क्षेष्ठ लगाएतले गोविन पुनको प्रशंसा गरेका थिए ।

कमेन्ट गर्नुहोस्