लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक

IMG

तिलोत्तमा, २०७७ पौष ७। सरकारले बेलायतबाट नेपाल आउने यात्रुको आगमनमा रोक लगाउने निर्णय गरेको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उडान गरिरहेका सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई पत्र काट्दै यस्तो निर्देशन दिएको छ । अब बेलायतबाट कुनै पनि एयरलाइन्सले सिधा उडानबाट वा बेलायतको कुनै पनि विमानस्थलमा ट्रान्जिटमार्फत यात्रु ल्याउन पाउने छैनन् । यस्तो निर्णय बुधबार राति १२ बजेबाट लागू हुने भएको छ ।


अर्को सूचना जारी नभएसम्म प्रतिबन्ध कायमै रहने प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार बेलायतमा पछिल्लो समय देखिएको कोरोना भाइरसलाई दृष्टिगत गरी बेलायतबाट हुने उडानमा रोक लागेको हो । यससँगै अब नेपालबाट बेलायत जाने यात्रुको यात्रामा समेत रोक लागेको छ । प्राधिकरणले बेलायतबाट हुने सबै उडानमा रोक लगाउने निर्णय गरेसँगै नेपालबाट समेत उडान बन्द हुनेछन् ।

कमेन्ट गर्नुहोस्