
जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनै पर्ने बताएका छन्।बुधबार दिउँसो ट्वीट गर्दै भट्टराईले ओली सरकारको असफलता/भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनै पर्ने बताएका हुन्।भट्टराईले नेकपाको आन्तरिक विवादमा राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले हस्तक्षेप गर्न खोजेको भन्दै त्यसो गर्न नमिल्ने बताएका छन् |
‘नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्य/जनताका मुद्दा प्रतिपक्षी दल/जनताले उठाउनैपर्छ है:
१.राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन;
२. ओली सरकारको असफलता/भ्रष्टाचारवारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ,’ भट्टराईले लेखेका छन्।
कमेन्ट गर्नुहोस्