लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रोल्पाकी कोरोना संक्रमित वृद्धाको बुटवलमा मृत्यु

IMG

३ मंसिर, काठमाडौं । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार रोल्पाकी ७७ वर्षीया वृद्धाको उपचारको क्रममा बुधबार बिहान ११ः१० बजे मृत्यु भएको हो ।१६ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएकी उनी सोही दिन लुम्बिनी अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा भर्ना भएकी थिइन् । डा. गौतमका अनुसार उनीमा ज्वरो, दम, मधुमेह र श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।

कमेन्ट गर्नुहोस्