लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ओलीको सति जाने कि नयाँ समाजवादी बाटो बनाउने ?

tillotmacitynews - 2020 Nov 03 09:37 PM
IMG

बुटवल,कार्तिक १८-पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ पार्टी खोल्न सुझाव दिएका छन्। नेकपाभित्रको आन्तरिक कलह सतहमा आएसँगै भट्टराईले प्रधानमन्त्री आफ्नो कुबाटोमा दृढ रहेको बताउँदै ओलीको सति जाने कि नयाँ समाजवादी बाटो बनाउने भन्दै प्रचण्डलाई प्रश्न समेत गरेका छन्।विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी नेतृत्वले रंग फेरिसकेपछि पनि बॉकी नेता कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु हो। 


भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी र नेतृत्वले रंग फेरिसकेपछि पनि बाकककी नेता र कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु हो भन्ने हिजोका झापाली-माओवादीले कति छिटो बिर्सेको? ओली आफ्नो कुबाटोमा दृढ छन् अरू उनको सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने ?’पछिल्लो समय नेकपाको आन्तरिक विवादका कारण पार्टी फुटको नजिक गएको नेताहरुले बताउँदै आएका छन्। पार्टीका दोस्रो तहका नेताहरुले पार्टी फुट्न नदिनका लागि सामाजिक सञ्जालको उपयोग पनि गर्दै आएका छन्।विगतमा १० वर्षे जनयुद्धका बेला एकै साथमा रहेका पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराई संसदीय राजनीतिमा आएपछि छुट्टिएका छन्।

कमेन्ट गर्नुहोस्