लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुग्याे,मृत्यु हुनेको संख्या १ हजार ४

IMG

बुटवल, कार्तिक १८-नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ११४ जनालाई कोरोना पुष्टि भएको हो । यस्तै २४ घण्टामा ३ हजार १४२ जना कोरोनामुक्त भएका छन् । हालसम्म १ लाख ४१ हजार १३४ जनाले कोरोना जितेका छन् ।


नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० संक्रमितको मृत्यु भएको छ ।यो सँगै कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ ।

कमेन्ट गर्नुहोस्