लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बेलायती नौसेनामा पहिलो नेपाली महिला उषा ठकुरी

IMG

बेलायती नौसेना ‘रोयल नेभी’ मा पहिलोपटक एक नेपाली महिला आवद्ध हुन् सफल भएकी छिन्।नेपालकी उषा ठकुरी बेलायती नौसेनामा आवद्ध भएको बेलायती संचारमाध्यमले जनाएका छन्।उषाको ११ महिनाको सन्तान छ। यद्यपी उनले नौसेनामा आवद्ध हुन कडा परिश्रम गर्दै कठिन परीक्षण पार गरिन्।उषाका अनुसार उनका बुबा र भाई गोर्खा सैनिक हुन्।


उषाले आफ्ना पिताको प्रेरणा र हौसलाका कारण नौसेनामा आवद्ध भएको बताइन्।उनका श्रीमान पनि नौसेनामा छन्। त्यहाँ उनी मुख्य चेफको रुपमा काम गर्छन्।वर्षौयता बेलायतमा नेपाली गोर्खाहरुले सेवा गर्दै आएका छन्। सन् २००९ यता नेपालका सेवानिवृत्त गोर्खाहरुले आफ्ना परिवारलाई नै बेलायतमा लगेर बसोबास गर्ने सुविधा पाएका छन्।

कमेन्ट गर्नुहोस्