
१५ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री एवं अध्यक्ष ओलीले भेटका लागि लगातार प्रस्ताव गरेपछि प्रचण्ड शनिबार बालुवाटार पुगेका थिए ।भेटमा प्रचण्डले सचिवालय बैठक बोलाउने प्रस्ताव गरेका छन् । भारतीय खुफिया एजेन्सी ‘अर’का प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमण, कणर्ाली प्रदेशको विवाद, पर्सा घटना लगायतका विषयमा सचिवालयमा छलफल गर्न प्रस्ताव गरेका हुन् ।यसमा प्रधानमन्त्री सकारात्मक रहेको स्रोतको दाबी छ । यद्यपि बैठकको मिति भने तय भएको छैन ।
कमेन्ट गर्नुहोस्