लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भैरहवाको एभरेस्ट आयलको ट्यांकरमा आगलागी

tillotmacitynews - 2020 Oct 19 07:57 PM
IMG

२०७७ कार्तिक ३ भैरहवा । रुपन्देहीको भैरहवास्थित एक पेट्रोल पम्पमा आगलागी भएको छ । सिद्धार्थनगरपालिका वार्ड नं.८ मा रहेको एभरेष्ट आयल सप्लायर्समा आगलागी भएको छ । आज सोमबार राती करिब ८ बजेपम्पको लागि इन्धन लिएर आएको ट्यांकरले ट्यांकीमा तेल खनाउने क्रममा ट्यांकरमा आगलागी भएको भैरहवा स्थित हाम्रा सम्बाददाताले जानकारी गराए । रुपन्देहीको सिद्धार्थनगरपालिका वार्ड नं.८ मा रहेको एभरेष्ट आयल सप्लायर्समा भएको आगलागीको क्षति विवरण प्राप्त भएको छ । पम्पकोको लागि इन्धन लिएर आएको ट्यांकरले ट्यांकीमा तेल खनाउने क्रममा ट्यांकरमा भएको आलगागीबाट लु २ ख १५४१ नम्बरको ट्यांकर पूूर्ण रुपमा नष्ट भएको र सो मा रहेको ३० हजार लिटर डिजल पनि नष्ट भएको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।त्यसैगरी आगलागीबाट इन्धन खन्याउने मेशिन अपरेटर नारायण खनालको हात खुट्टा पोलेर सामान्य घाइते भएको रुपन्देही प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले बताए । 



आगो सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका,बुटवल उपमहानगरपालिका,लुम्बिनी सांस्कृतिक नगरपालिकाका दमकलले संयुक्त रुपमा निभाइसकेको उनले बताए । समयमानै विभिन्न नगरपालिकाका दमकलहरुको संयुक्त प्रयासले आगो नियन्त्रणमा आएको र अन्य जोखिम टहरेको स्थानीयले बताए ।


कमेन्ट गर्नुहोस्