लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

टिम नेपो बुटवलले गर्यो महिनावारी जनचेतना तथा प्याड वितरण अभियान सुरु

tillotmacitynews - 2020 Oct 16 10:49 AM
IMG

“स्वस्थ महिनावारी, हामी सबैको जिम्मेवारी” भन्ने मुल नाराका साथ टिम नेपो बुटवलले महिनावारी जनचेतना तथा प्याड वितरण अभियान सुरु गरेको छ । अभियान अन्तर्गत टिम नेपो बुटवलले आज पूर्वी नवलपरासीको पालिनन्दन गाउँपालिका वडा नं ३ कुस्मामा आफ्नो पहिलो कार्यक्रम सम्पन्न गरेको हो ।


कार्यक्रममा बोल्दै पालिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले समयानुसारको आवश्यकता र चेतना वृद्धिलाई मध्यनजर गरी समाजका महिलाहरुलाई लक्षीत जनचेतनामुलक कार्यक्रम आयोजना गरेकोमा टिम नेपोलाई धन्यवाद दिनुभएको थियो । साथै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रममा आफ्नो साथ र सहयोग निरन्तर रहिरहने उहाँको भनाई थियो ।टिम नेपोका प्रदेश संयोजक अशोक गौतमले सामाजिक कार्यको लागि अग्रपंक्तिमा रहने लक्ष्यका साथ स्थापना भएको टिम नेपो संस्थाले हरतवरबाट आफ्नो भूमिका निर्वाह गर्दै जाने बताउनुभयो । यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने भन्दै उहाँले हरेक क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्न तयार रहेको जानकारी पनि गराउनुभयो ।त्यस्तै टिम नेपो बुटवलका अध्यक्ष सुमन पोखरेलले महिलाहरुमा महिनावारी सम्बन्धी जनचेतनाको स्तर वृद्धि गराउँदै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्येश्यका साथ यस अभियानको थालनी गरिएको बताउनुभयो । स्वस्थ महिनावारीको लागि महिलाको भुमिका मात्रै प्रयाप्त नहुने भन्दै उहाँले समाजका हरेक व्यक्ति यस विषयमा सजग र जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो । आगामी दिनमा पनि टिम नेपोले यस अभियान मार्फत लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा जनचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिने उहाँको भनाई थियो ।



कार्यक्रममा टिम नेपो बुटवलकी सम्पादक एलिसा बेल्वासे र स्वास्थ्य चौकी प्रमुख राजेन्द्र भण्डारीले महिनावारी हुँदा गर्नुपर्ने कार्य र अत्यावश्यक प्याडलाई प्रयोग गर्ने विधीको बारेमा सहजीकरण गर्नुभएको थियो । सो अवसरमा कुस्माका १२० जना स्थानीयलाई १२० पिस प्याड र ५ सय पिस माक्स वितरण गरिएको थियो । कार्यक्रममा वडा नं ३ का वडाध्यक्ष गोधन प्रसाद हरिजन, वडा सदस्य जरावती लौनिया, नेपो देवदहका अध्यक्ष तसमुल्लात खान, टिम नेपो बुटवलका सदस्य सृजना ज्ञवाली, अमित भण्डारी र सुजल श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । सो कार्यक्रम टिम नेपो बुटवलकी सम्पादक एलिसा बेल्वासेको स्वागत तथा सचिव मधुसुदन नेपालको संचालनमा सम्पन्न भएको थियो। 

कमेन्ट गर्नुहोस्