लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पछिल्लो २४ घण्टामा ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि

IMG

पछिल्लो २४ घण्टामा ५ हजार ८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।१९ हजार तीन सय २० जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार आठ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण हुनेको संख्या एक लाख पाँच हजार छ सय ८४ पुगेको छ ।यस्तै गएको २४ घण्टामा १२ सय २९ जना निको भएसँगै निको हुनेको संख्या ७४ हजार दुई सय ५२ रहेको छ । अब नेपालमा ३० हजार आठ सय १८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।यस्तै गएको २४ घण्टामा कोरोना सङ्क्रमणबाट १४ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या छ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता जागेश्वर गौतमले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्