लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रदेश ५ को राजधानी बुटवलमै हुनुपर्छ : खाँण

tillotmacitynews - 2020 Oct 05 03:17 PM
IMG

२०७७ आश्विन १९ तिलोत्तमा । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रदेश ५ को राजधानी बुटवलमै राख्न माग गरेका छन् । खाणले प्रदेश सरकारले विशेष समिति र विज्ञको सल्लाह वेवास्ता गर्दै षडयन्त्रपूर्वक राजधानी सार्न लागिएको आरोप लगाए ।


‘प्रदेश सरकारले विज्ञको सल्लाह र सुझावलाई पन्छाएर नयाँ ठाउँमा पड्यन्त्रपूर्वक राजधानी सार्ने प्रस्तावले यस क्षेत्रका जनता विरोध र प्रतिकारमा उत्रन पर्ने अवस्था सिर्जना हुनु दु:खद पक्ष हो ।’ खाँणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक मूल्य र मान्यताको उपहास हुने गरी निर्णयलाई कार्यान्वयन गराउन निधेषाज्ञा जारी गर्ने, आम नागरिक डर, त्रास र भय सृजना गर्ने, धरपकड् गरि गिरफ्तार गर्ने जस्ता कार्यहरु गरेर सरकारले गैरलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको छ । सरकारको यस किसिको कार्यको घोर भत्र्सना गर्दछु ।’

कमेन्ट गर्नुहोस्