
असोज १५ गते तिलोत्तमा।नेपाल विद्यार्थी संघले रुपन्देहीको तिलोत्तमा नगरपालीकाको शिक्षा शाखा शिल गरेको छ । नेविसंघले तिलोत्तमा नगरपालीका गेटमा टायर बाली नारा जुलुस समेत गरेको थियो। कोभिड-१९ को महामारीका कारण बन्द रहेका निजी तथा केहि सामुदायिक शैक्षिक संस्थाले विद्यार्थीसंग अनलाईन पढाएको भनी रकम असुली गरेकोप्रति विरोध जनाउंदै नेविसंघले विद्यार्थीसंग असुली गरेको रकम फिर्ता गर्न माग गरेको छ । त्यस्तै, शैक्षिक संस्थामा कार्यरत शिक्षक तथा कर्मचारीलाई आधारभुत पारिश्रमिक दिन पनि माग गरेको नेवीसंघका केन्द्रिय उपाध्यक्ष मुक्ति पौडेलले बताए ।
संघले स्थानिय सरकार, प्रदेश सरकार र संघीय सरकारसंग विद्यार्थीको भविष्यसंग सरोकार रहेको विषयमा गम्भिर हुन ध्यानाकर्षण गराएको छ। आन्दोलनमा उपस्थित नेबि संघका बिद्यार्थीहरुले तत्काल माग सम्बोधन नभए जस्तोसुकै आन्दोलन गर्न पनि आफुहरु तयार रहेको जानकारी दिएका थिए ।नगरपालिका परिसर भित्रै नेविसंघले ज्ञापनपत्र बुझाई शिक्षा शाखा शिल गर्ने क्रममा आफुहरुलाई हातपात समेत गरेको र त्यसपछि मात्र नगरपालिका भवन बाहिर आई टायर जलाउनुका साथै नारा जुलुस गरेको.नेविसंघ बुटवल बहुमुखी क्याम्पसका नेता सन्दिप पाण्डेले बताए ।
तिलोत्तमा नगरपालिकाले यसअघि अनलाइन कक्षा लिएको भएमात्र स्कुल र अभिभावकको समन्वयमा सहुलियत दरमा शुल्क तिर्न आग्रह गरेको थियो। गत भाद्रमा तोकेको शुल्कको विरोध गर्दा जनपथ, नगर र शसस्त्र प्रहरी खटाएर प्रशासनले बल प्रयोग गरेको पाण्डेले बताए ।
नगरपालिकाले भने पूर्व सूचना तथा जानकारी बिना हलमा बैठक चलिरहेको बेला एक्कासी ताला लगाउन आएको हुंदा उनीहरुलाई रोकिएको बताएको छ । नेपाल विद्यार्थी संघले जुलुसपछि बसेको शिक्षा शाखा र शिक्षा समितिका प्रतिनिधि बिचको वार्तामा निश्कर्ष ननिस्किएपछि नेविसंघले तालाबन्दी (सिल) नखोल्ने चेतावनी दिएको नेबि संघ राममणि क्याम्पसका सभापति चिरन्जिबी बस्यालले बताए ।
यता नगरप्रमुख वासुदेव घिमिरेले शिक्षा समितीबाट गरिएको निर्णयमा कार्यपालीकाको बैठक बसी पुन अध्ययन गरी निर्णय सार्वजनिक गर्ने बताएका छन्। नेबि संघले शिक्षा शाखामा बुझेको ज्ञापन पत्रका बिषयमा बैठकमा अध्ययन गरि निर्णयमा पुगिने र सो निर्णय सबैको हितमा हुने नगरप्रमुख घिमिरेको भनाइ छ।
कमेन्ट गर्नुहोस्