लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

संसदको विशेष अधिवेशन आह्वान गर : नेपाली कांग्रेस

IMG

१४ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको विशेष अधिवेशन आह्वानका लागि सरकारसँग माग गरेको छ ।पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको केन्द्रीय पदाधिकारी र केही नेताहरु समेतको बैठकले सरकालाई विशेष अधिवेशन आह्वान गर्न दबाव दिने निर्णय गरेको हो ।कोरोना महामारी नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको, देशमा भ्रष्टाचार व्यापक बन्दै गएको भन्दै कांग्रेसले यी विषयमा संसदमा छलफल गर्न विशेष अधिवेशन बोलाउनुपर्ने माग गर्ने भएको हो ।पार्टीको केन्द्रीय कार्यसमिति बैठकका एजेण्डाका विषयमा समेत छलफल भएको पदाधिकारी बैठकमा कोभिड १९ को रोकथाम र नियन्त्रणको काम प्रभावकारी रुपमा गर्न नसकेको र देशमा व्यापक भ्रष्टाचार बढेको भन्दै त्यस विषयमा सशक्त आवाज उठाउनका लागि सरकारलाई दबाब दिन संसदको विशेष अधिवेशन आह्वान गर्ने निर्णय भएको कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए ।


बढ्दो भ्रष्टाचार तथा बेथिति बढेको अवस्थामा पनि सरकार मौन रहेको, नागरिकको बेरोजगारीको समस्या समाधानका लागि सरकारले ध्यान दिन नसकेको कांग्रेसको भनाइ छ ।कांग्रेसले सरकारविरुद्धमा सडक र संसदबाट एकसाथ संघर्ष गर्ने कार्यक्रम तय गर्ने विषयमा पनि छलफल भएको डा. महतले बताए । कांग्रेसले सामाजिक दुरी कायम गरेर सडक आन्दोलन पनि अघि बढाउने विषयमा पनि बैठकमा छलफल भएको सहमहामन्त्री महतले बताए ।कांग्रेस पदाधिकारी बैठकमा रामचन्द्र पौडेल समूहले दर्ता गराएको विरोधपत्रका विषयमा पनि छलफल भएको थियो । उक्त विषयमा केन्द्रीय कार्यसमिति बैठकमा जवाफ दिने महतले बताए ।

कमेन्ट गर्नुहोस्