लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पृथकतामा डुल्दै शिरिष

IMG
बिन्दु भट्टराई    तिलोत्तमा । पाल्पाको दर्लममा जन्मनुभएको एस.एल.सी सम्म दर्लम माबिबाटै पास गर्नुभएका र २०५८ सालमा अध्ययनका लागि काठमान्डौ छिर्नुभएका गायक शिरिष देवकोटा म भित्र गित गाउने कला छ भन्ने त थाहा थियो तर गित गाएरै बाच्छु गित संगितमा सदैव समर्पीत हुन्छु भन्ने चांहि लाग्थेन भन्नुहुन्छ । २०५९ सालमा एउटा दोहोरी सांझमा आवाज सुनेपछि चर्चित लोकदोहोरी गायक भगवान भन्डारी जसलाई शिरिष देवकोटा गुरु भन्नुहुन्छ , यो अर्थमा कि शिरिष देवकोटालाई पहिलो एल्वम गर्दा अर्थ देखि लिएर सबैजसो काम उहांले नै गर्नुभएको थियो यानिकि भगवान भण्डारीले । भगवान भण्डारीकै कारण पनि हो आज  गांउको सामान्य मान्छे म सबैको रोईला गायक शिरिष देवकोटा बन्न सकेको देवकोटा भन्नुहुन्छ ।


सानैमा आमाले गाएको सुनेर नै गित संगितमा प्रभावित बनेका अथवा भनौ आमाले गुनगुनाएका भाकाले नै  लोक गायक शिरिष देवकोटा बन्न प्रेरित गरेको बताउनुहुन्छ  रोईला गायकको रुपमा परिचित शिरिष देवकोटा । राम्रो आवाज पृथक लय,उहांले गाएका प्रायजसो गित संगितमा मौलिकपनता  देखिनुले नै षिरिष देवकोटालाई सफल पृथक गायकको रुपमा चिनिदै आएको छ । यसमा कुनै दुईमत छैन । रोइला गित एल्वमको रुपमा वजारमा ल्याउने पहिलो गायक अझै भनौ रोईला गितवाटै आफ्नो पहिचान बनाउन सफल शिरिष देवकोटाका खरवारीमा जान्छु नजरैको भर,दुर्गा हौकि भवानी,यो दाई फेरी आउदैन, बल्लै आज भेट भयो यहि चाल होला भन्याभा यस्तै दर्जनौ भाकामा आवाज भर्दै लोक गित संगितको एउटा भागमा आफ्नो नाम सगज्जव देखाउन सफल देवकोटाले थुप्रै एल्वममा स्वर भरिसक्नुभएको छ ।


सबैले गरिराको काम गर्न खाज्यौ भने जति नै सुकै अप्ठ्यारो काम होस हेर्ने नजर साघुरो हुन्छ तर हामिले अरुले गरेको कामबाट भन्दा पनि आफुले छुटै सोच निकाल्न खोज्यौ भने पृथकताले पृथक माया बटुल्न सक्छ भन्ने पनि शन्देश पाउन सकिन्छ होला  उहांका सजिसजाउ शब्दाभाव ले भरिएका गित सुन्यौ भने । गित संगित कहिलेकांहि फरक किसीमको गायकको खोजीमा पनि भौतारीदोरहेछ सायद त्यसैलेत होला शिरीष देवकोटाको आगमनले धेरै स्रोता दर्शकलाइ नचायो र आफु पनि पृथकतामा डुल्यो लोकदोहोरी गायक शिरीष देवकोटाको आवाज लोकगितसंगितले सदैव खोजिरहनेछ ।

 

                                                           

कमेन्ट गर्नुहोस्