लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रदेशसभा नियमावली संसोधन समितीको सभापतिमा श्रेष्ठ

tillotmacitynews - 2020 Sep 27 09:28 PM
IMG

बुटवल,असाेज ११-प्रदेश  नं ५को प्रदेशसभाद्धारा गठित प्रदेशसभा नियमावली २०७४ संसोधन मस्यौदा समितीको सभापतिमा भोजप्रसाद श्रेष्ठ चयन भएका छन ।प्रदेश सभाको असोज ८ गते सम्पन्न प्रदेशसभा बैठकले प्रदेशसभा नियमावली २०७४ संसोधन गर्ने भन्दै ८ सदस्यीय बिशेषाधिकार सम्पन्न मस्यौदा समिती गठन गरेको थियो ।समितीका सदस्यहरुको असोज १० गते शनिवार सम्पन्न बैठकले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टि नेकपाकातर्फबाट रुपन्देही क्षेत्र नं २ ख बाट निर्वाचित सदस्य श्रेष्ठलाई सभापतीको रुपमा चयन गरेको हो ।


समितीमा सत्तारुढ नेकपाका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्यहरु पार्वती पुन, चेतनारायण आचार्य र रेवतीरमण पौडेल,तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरु  रमा अर्याल, बसिउद्धिन खांन, र सहष्रराम यादव  रहेका छन ।समितीले बिज्ञहरु संग छलफल गरेर उनीहरुको राय सल्लाह र सुझावका आधारमा प्रदेश सभा नियमावली २०७४ लाई संसोधनको लागि मस्यौदा तयार गर्ने सभापती श्रेष्ठले बताए ।


बिगतमा भएको नियमावलीमा अधिकांश दफाहरु बाझिएको र कतिपय अब्यवहारीक समेत भएकोले तिनीहरुलाई ब्यवहारीक  बनाउन संसोधन आवश्यक रहेको भन्दै संसोधनका लागि दवाव पर्दै आएको थियो ।समितीले आगामी हिउदे अधिवेशनको प्रारम्भमै आफ्नो प्रतिवेदन पेश गर्ने सभापती श्रेष्ठले बताए । 

कमेन्ट गर्नुहोस्