लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मन्त्रिपरिषद्को आकस्मिक बैठक, टुंगो लाग्ला मन्त्रिपरिषदको ?

tillotmacitynews - 2020 Sep 27 07:06 AM
IMG

काठमाडौं, असोज ११ - मन्त्री हेरफेर गर्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।एक मन्त्रीले दिएको जानकारीअनुसार नियमित बैठक सोमबार बस्ने गरेको भए पनि प्रधानमन्त्रीले एक दिनअघि नै बैठक आह्वान गरेका हुन्।बैठक मध्याह्न १२ बजे बालुवाटारमा बस्ने ती मन्त्रीले जानकारी दिए। 


यसरी आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक किन बोलाइयो भन्नेबारे भने आफूलाई थाहा नभएको ती मन्त्रीको भनाइ छ।‘कारण त थाहा भएन, तर प्रधानमन्त्रीज्यूले आकस्मिक रूपमा बैठक बोलाउनुभएको छ,’ आइतबार बिहान ती मन्त्रीले भने।मन्त्रिपरिषद् एक दुई दिनभित्रै पुनर्गठन गर्ने विषयमा नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेका बेला मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुलाई अर्थपूर्ण मानिएको छ।

कमेन्ट गर्नुहोस्