
रुपन्देहीको देवदह न.पा.४ सेमराना स्थित रहेको जनजाती भवनको क्वारेन्टाईनमा एक युवकले झुन्डिएर आत्महत्या गरेका छन्। भाद्र १७ गते भारतबाट आई सोही क्वारेन्टाइनमा बस्दै आएका देवदह न.पा.४ बस्ने २५ बर्षीय पिताम्बर पान्डेले क्वारेन्टाईनको बाहीरपट्टी फलामकोरडमा झुण्डी आत्महत्या गरेको प्रहरीले जनाएको छ। मृत्यु के कति कारणले भएको हो भन्ने बारेमा जि.प्र.का.रुपन्देहीबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्