लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरोना संक्रमितअहिलेसम्मकै धेरै १५ सय ३९ जना थपिए

IMG

 बुधबार कोरोना भाइरसका १५ सय ३९ नयाँ संक्रमित थपिएका छन् ।१० हजार ४९४ पीसीआर परीक्षणमा १५ सय ३९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।यससँगै हालसम्म कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।


मंगलबार १४ सय ४९ जना संक्रमित थपिएका थिए ।मन्त्रालयमा आयोजित कोरोना ब्रिफिङमा प्रवक्ता डा. गौतमले दिएको जानकारी अनुसार देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ ।जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार ५४१ जना रहेका छन् । होम आइसोलेसनमा ७ हजार ७०१ जना रहेका छन् ।बुधबार १ हजार ६८ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

कमेन्ट गर्नुहोस्