
बुटवल । बुधबार रुपन्देहीमा ४० जना कोरोना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा रुपन्देहीमा १८ जना महिला र २२ जना पुरुष गरी ४० जना कोरोना संक्रमित थपिएका हुन ।यो सँगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या १ हजार ८६१ पुगेको छ ।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिकाका २४ सहित ४० जना संक्रमित थपिएका छन् ।त्यस्तै सैनामैना नगरपालिकाका ६ जना, सिद्धार्थनगर नगरपालिकामा ५ जना, तिलोत्तमा नगरपालिकाका ४ जना र सियारी गाँउपालिकाका १ जना गरी ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छन ।
रुपन्देहीमा १ हजार १ सय जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।रुपन्देहीमा बुधबारसम्ममा ७ सय ४१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । रुपन्देहीमा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कमेन्ट गर्नुहोस्