लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गौतम बुद्ध मुटु अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

IMG

१८, भाद्र २०७७।  प्युठानका कोरोना संक्रमित एक पुरुषको गौतम बुद्ध मुटु अस्पताल बुटवलमा मृत्यु भएको छ ।जिल्लाको स्वर्गद्धारी नगरपालिका वडा नं ७ का ५८ वर्षिय पुरुषको गौतम बुद्ध अस्पताल बुटवलमा उपचारको क्रममा गएराती मृत्यु भएको स्वर्गद्धारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले बताउनुभयो ।स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाइ उपचारका लागि भदौ १० गते बुटवल लगिएको थियो ।


उपचारका क्रममा भदौ १५ गते पिसिआर परिक्षणका लागि स्वाव संक्रलन गरिएको र भदौ १६ गते रिपोर्ट पोजेटिभ आएको थियो ।मृतक पुरुषमा जन्डिस, फोक्सोको समस्या रहेको स्वास्थ्य संयोजक केसीले बताउनुभयो । यसअघि भदौ ५ गते स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षीय कोरोना सङ्क्रमित पुरुषको उपचारको क्रममा कोरोना अस्पताल बुटवलमा मृत्यु भएको थियो । यससंगै प्युठानमा कोरोना संक्रमितका कारण मृत्युु हुनेको संख्या दुई पुगेको छ।

कमेन्ट गर्नुहोस्