लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बिहानै ज्यान लियो कोरोनाले, बुटवलमा थप एक महिलाको ज्यान गयो

IMG

१८ भदौ, बुटवल । बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत रुपन्देहीको सैनामैना नगरपालिका ११ सालझण्डीकी ७७ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको हो ।


ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार अस्पताल आएकी ती महिलाको बुधबार साँझ नै जिन एक्सपर्ट मेसिनमार्फत पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।कोरोना पुष्टि भएपछि महिलालाई अस्पतालकै फिबर क्लिनिकको आइसोलेसनमा राखेर उपचार भइरहेकामा बिहीबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।


लुम्बिनी प्रादेशिक अस्पताल मातहत बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पताल र भैरहवाको भीम अस्पतालमा आइसियू बेड खाली नभएकाले विरामीलाई फिबर क्लिनिकको आइसोलेसनमा राखेर उपचार गरिएको डा. गौतमले बताए ।

कमेन्ट गर्नुहोस्