
२०७७ भाद्र १७ बुटवल । नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्युहुनेमा ६ जना महिला र ६ पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ११२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ। १ हजार ११२ जना संक्रमण मुक्त भएका छन् ।
कमेन्ट गर्नुहोस्