लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भर्चुअल १६ श्राद्ध सम्भव छैन : ज्यो पं डुम्रे

IMG

   अहिले विश्व कोरोना महामारीले आक्रान्त छ।  त्यसो त नेपाल भर अहिले संक्रमित हुने र कोरोना बाट मर्नेको संख्या पनि दिन दुइ गुणा रात चौगुना बढेको बढ्यै छ।  यसै सन्दर्भमा १६ श्राद्ध प्रारम्भ भएको छ, तर पितृ कार्य अन्तर्गत लीइएको यस कार्यलाई भर्चुअल माध्यम बाट गर्न सरकारले सुझाएको छ।  स्थानिय तह तिलोत्तमा नगरपालिकाले पनि यस कार्यलाई अनलाइन माध्यम बाट पितृ कार्य गर्न सुझाएको छ।  हाल समुदायमा कोरोना महामारी फैलिएकोले पुजारी र कर्ता बीच प्रत्यक्ष सम्पर्क नहोस भन्ने हेतुले यसो गरिएको नगरपालिका द्वारा जारि बिज्ञप्तिमा उल्लेख छ।  


यता भर्चुअल विधिबाट पितृ कार्य सम्भव नहुने भन्दै विभिन्न खालका टिका टिप्पणि हरु आइरहेका छन्। सो बिधि बारे कुरा गर्दा नेपाल ज्योतिष परिषद रुपन्देहीका अध्यक्ष ज्यो पं चक्रपाणी डुम्रेले सो कुरा सम्भव नभएको बताएका छन्।  उनले नगरपालिकाको निर्णय यो महामारीका बेला उचित भएपनि त्यसरी पुजा र पितृ कार्य गर्न असम्भव भएको बताएका छन्।  त्यहा हुने बिधि, प्रक्रिया, प्रत्यक्ष सम्बन्ध हुने काम हरु अनलाइन मार्फत गर्न नमिल्ने बताएका छन्।  त्यसो त उनले सबै कर्ताको घरमा अनलाइन र सबै पुजारी अनलाइनमा आउन सक्ने नहुने बताउछन।  


बरु सामाजिक दुरी पालना गरेर अझै टाढा बसेर मास्क प्रयोग गरि सेनिटाइजर र साबुन पानि प्रयोग गरि हात धोई सो कार्य गर्न सकिने उनको बिकल्प छ।  उनले परिषद अन्तर्गतका सबै पुजारी हरुलाई आफुले पुजा गर्ने स्थानमा सुरक्षित रही सबै सुरक्षाका उपाय प्रयोग गरि पुजा गर्न आग्रह समेत गरेका छन्।  हेरौ उनको यो भनाई :  


कमेन्ट गर्नुहोस्