लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा १७ जना संक्रमित थपिए, १ जनाको मृत्यु

IMG

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आजमात्रै १७ जना कोरोना संक्रमित थपिएका छन् । नगरपालिकाको जनस्वास्थ्य शाखाले दिएको जानकारी अनुसार यो संगै तिलोत्तमा नगरमा संक्रमितको संख्या एक सय एक्काइस पुगेको छ । बिहान सम्म ३ जनाको पिसिआर पोजिटिभ आएको थियो भने थप १४ जनाको साँझ मात्रै रिपोर्ट आएको नगरपालिकाले जनाएको छ । नगरमा हालसम्म ६७ जना निको भएर घर फर्किएका छन् भने ५४ जना आईशोलेसनमा रहेका छन् । त्यस्तै सोमबारसम्म नगरभित्रका ३ जनाको मृत्यु भएको छ। आइतबार राति ९ बजे तिलोत्तमा-४ निवासी ६८ बर्षीय महिलाको भिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ।   


तिलोत्तमामा हालसम्म एक हजार ५ सय ५९ जनाको पीसीआर परीक्षण गरिएकोमा एक हजार ३ सय ७२ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ९६ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । नगरमा रहेका एक सय २१ संक्रमित मध्ये ९१ जनाको नगरभित्र स्वाब संकलन गरिएको तथा अन्य ३०  जनाको अन्यत्र स्वाब संक्रलन गरि परीक्षण गरिएको थियो । नगरपालिकामा स्थापना गरिएको क्वारेन्टिनमा ३८ पूरुष र १२ महिला गरी ५० जना रहेका छन् ।बिहान 

कमेन्ट गर्नुहोस्