
२०७७ भाद्र १४
बुटवल । बुटवलको कोरोना विषेश अस्पतालमा आइतबार थप एक जना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–५ का ६७ वर्षीय पुुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा ज्वरो, स्वास्प्रश्वासमा समस्या, दिर्घ रोग, मुटु रोग, मधुमेह र प्रेसर रहेको अस्पताल प्रशासनले जनाएको छ । ती पुरुष आज बिहान मात्रै कोरोना अस्पतालमा भर्ना भएका थिए ।
कमेन्ट गर्नुहोस्