
२०७७ भाद्र १३
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आजमात्रै ५ जना कोरोना संक्रमित थपिएका छन् । नगरपालिकाको जनस्वास्थ्य शाखाले दिएको जानकारी अनुसार यो संगै तिलोत्तमा नगरमा संक्रमितको संख्या एक सय एघार पुगेको छ । नगरमा हालसम्म ५७ जना निको भएर घर फर्किएका छन् भने ५४ जना आईशोलेसनमा रहेका छन् ।
तिलोत्तमामा हालसम्म एक हजार ४ सय ९५ जनाको पीसीआर परीक्षण गरिएकोमा एक हजार २ सय ९६ जनाको रिपोर्ट नेगेटिभ आएको थियो भने एक सय १० जनाको रिपोर्ट आउन बाँकी रहेको छ । नगरमा रहेका एक सय ११ संक्रमित मध्ये ७९ जनाको नगरभित्र स्वाब संकलन गरिएको तथा अन्य २२ जनाको अन्यत्र स्वाब संक्रलन गरि परीक्षण गरिएको थियो । नगरपालिकामा स्थापना गरिएको क्वारेन्टिनमा ३६ पूरुष र ९ महिला गरी ४५ जना रहेका छन् ।
कमेन्ट गर्नुहोस्