लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

१३ बालबालिकासहित सिद्धार्थनगरमा १२५ जनामा कोरोना संक्रमण

IMG

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा १३ जना बालबालिकासहित १२५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित मध्ये ४४ जना निको भएका छन् । नगरपालिकामा ८ जना बालक र ५ जना बालिकासहित १३ जना संक्रमित भएका हुन् ।


संक्रमित मध्ये ५ वर्ष मुनिका ४ बालक र २ बालिका रहेका छन् भने ५ देखि १० वर्ष उमेर समूहका २ बालिका र एक बालक रहेका छन् । यस्तै १५ देखि १८ वर्ष उमेर समूहका एक बालकमा कोरोना संक्रमणको पुष्टि भएको हो । नगरपालिकाको जनस्वास्थ्य शाखाले दिएको जानकारी अनुसार सिद्धार्थ नगरमा ५० जना संक्रमित होम आईशोलेसनमा, १५ जना अस्पतालको आईशोलेसनमा, १४ जना होटल आईशोलेसनमा तथा २ जना नगरपालिकाको आईशोलेसनमा रहेका छन् । आईशोलेसनमा रहनेहरुमा ४२ जना पुरुष र ३९ जना महिला रहेका छन् ।


हालसम्म वडा नं. ८ मा सबैभन्दा बढी ३७ जना संक्रमित देखापरेका छन् भने वडा नं.११ मा अहिलेसम्म संक्रमण देखा परेको छैन् । वडा नं. १ मा १२ जना, वडा नं. – २, ३ र ९ मा ८/८ जना, वडा नं. ४ मा १२ जना, वडा नं. ५ मा १ जना, वडा नं. ६ मा १६ जना, वडा नं. ७ मा ३ जना, वडा नं.१० मा २ जना, वडा नं. १२ मा ९ जना र वडा नं. १३ मा ५ जना संक्रमित रहेका छन् । अन्य ४ जनाको भने ठेगाना खुलेको छैन् ।

कमेन्ट गर्नुहोस्