लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरोना विरुद्धको अभियानमा विशेष कदम चाल्दै लायन्स क्लब

IMG

भैरहवा । लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बि २ नेपालको पहिलो जिल्ला क्याबिनेट बैठक कोरोना संक्रमणको कारण भर्चुवल रुपमा सम्पन्न भएको छ । शनिबार दिउंसो सम्पन्न भएको भर्चुवल क्याबिनेट बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथी सन्जय खेतानले कोराना संक्रमण अझै फैलिन सक्ने तर्फ सबै लायन सदस्यहरुलाई सचेत गराएको छ । उनले भने, ‘धेरै समयसम्म कोभिड १९ संग जुध्नुपर्ने देखिएको छ । यो महामारिले विश्वलाई चौतर्फी रुपमा चपेटामा पारेको छ । हामी सबै सचेत हुनु जरुरी छ । ’ खेतानले सेवालाई प्राथमिकता दिएर लायन्स क्लबहरु एकताबद्ध भई विपन्न तथा गरिबहरुलाई खाना खुवाउने अभियान चलाउन , ठाउठाउमा आइशोलेशन सेन्टर स्थापना गर्न, प्लाज्मा थेरापीकोलागि कोभिड भएका साथिहरुकोलागि विशेष सहयोग गर्न र अक्सीजन बैंक स्थापना गर्न तथा हरेक व्यक्तिलाई खुसी पार्ने कायक्रम गर्न निर्देशन दिए ।


खेतानले सदस्यताबृद्धिमा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बि २ नम्बर वान भईरहेको भन्दै खुसी समेत व्यक्त गरे । उनले भने, ‘हामि सदस्यताबृद्धि अभियानको शिखरमा छौं । गर्भनरको नेतृत्वमा सबै क्लब र लायन्सका अगुवाले काधंमा काधं मिलाएर अगाडी बढ्नुपर्छ । ’बैठकमा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बि २ का गर्भनर शम्भु नकर्मिले चालु महिना सदस्यबृद्धिको महिना भएको उल्लेख गर्दै सदस्यता बृद्धिमा उल्लेखनीय प्रगति गर्न सकेकोमा खुसी व्यक्त गरे। उनले भने , ‘हाम्रो डिस्ट्रकमा ५४ जना सदस्य भएको क्लब पनि स्थापना भएको छ । हामी सदस्यबृद्धिको अभियानको लक्ष्य चुम्ने दिसामा अग्रसर छौं । हाम्रो ३ हजार एक सय पचास सदस्य पुराउने अभियानमा छौं ’ डिस्ट्रीक ३२५ बि २ अन्तर्गत लायन्स क्लब अफ भैरहवा ग्रिन सिटी ५४ जना सदस्य सहित नया स्थापना भएको क्लब हो ।


बैठकमा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बि २ का कोषाध्यक्ष शिव विडारीले बजेट प्रस्तुत गरेका थिए। बैठकमा एरिया चार अन्तर्गतका डिस्ट्रीक, जोन तथा क्लबहरुले सम्पन्न गरेका विभिन्न कार्यक्रमहरुको बारेमा पनि क्याबिनेट सचिब टाशि डोल्माले जानकारी गराए । सो अवसरमा लायन्स क्लब इन्टरनेशनलको सहयोगमा भिटिएम किट प्राप्त भइरहेको, मधुमेहको कार्यक्रम एरिया चारमा पहिलो चरणमा सकिसकेको जानकारी समेत गराइएको थियो । बर्ष २०२०/२०२१ को पहिलो भर्चुवल क्याबिनेट बैठकमा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बि २ का क्याबिनेट सदस्यहरु, पुर्व गर्भनर, जोन चेयरपर्सन तथा लायन्सका पदाधिकारी एवं अन्तर्गतका क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षहरुकोगरी एक हजार भन्दा बढीको सहभागिता रहेको थियो । सो अवसरमा रचनात्मक काम गर्ने विभिन्न क्लबहरुलाई अर्बाड दिने घोषणा समेत गरिएको थियो ।


सो अवसरमा १०९ जोन चेयरपर्सन मध्ये रुपन्देहीका लायन्स अगुवा ओम जैसी उत्कृष्ट जोन चेयर पर्सन भएका छन भने विजय पान्डे तृतिय र अनिता थापा छैठौ भएका छन् । सो अवसरमा सबैभन्दा धेरै क्लब खोल्न भूमिका खेल्ने नवराज न्यौपानेलाई फोर स्टार ले सम्मान गरिएको थियो । न्यौपानेको अगुवाईमा ७ वटा क्लब स्थापना भएका छन् । साे अवसरमा हाईट मेम्बरसिप अवार्ड लायन्स कल्ब अफ भैरहवा ग्रिनसिटिलाई प्रदान गरिएकाे थियाे ।

कमेन्ट गर्नुहोस्