लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पछिल्लो २४ घण्टामा थपिए ९ सय २७ कोरोना संक्रमित, १२ जनाको मृत्यु

IMG

शुक्रबार देशभर कोरोनाका ९ सय २७ संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ।


विगत २४ घण्टामा १ सय ६९ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए। २० हजार २ सय ४२ जना निको भएर घर फर्किसकेका छन्। आजमात्रै १० हजार २ सय २९ जनाको पिसिआर गरिएको छ। हालसम्म ६ लाख ५८ हजार १ सय १० जनाको पिसिआर गरिएको छ। कोरोना संक्रमणले शुक्रबार मात्र १२ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ८५ पुगेको छ।

कमेन्ट गर्नुहोस्