लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा थपिए २५ कोरोना संक्रमित, जिल्लामा संक्रमित संख्या ७६० मध्ये ६ जनाको मृत्यु

IMG


बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार बुधबार सबै भन्दा बढी सिद्धार्थनगर नगरपालिकामा १६ जनामा संक्रमण पुष्टि भएको छ ।


बुधबार थपिएका संक्रमितहरुमा बुटवल उपमहानगरमा ६ जना, देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका र सियारी गाँउपालिकामा १।१ जना संक्रमित थपिएका छन् । रुपन्देहीको पछिल्लो तथ्यांक अनुसार ७६० जना जिल्लमा संक्रमित पुष्टि भएका छन् भने ३४६ जना कोरोना मुक्त भएर घर फर्केकाछन् । रुपन्देहीमा बुधबार सम्म ६ जनाको कारोनाका कारण मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्