लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

क्लब प्रतिनिधिसँग जनप्रतिनिधि दैलामा पुगेपछि सङ्क्रमितका अनुहारमा खुशी

IMG

रुपन्देही। तिलोत्तमा नगरपालिकाका क्लबहरुमै आफ्नो छुट्टै पहिचान बनाउन सफल जागृति  युवा क्लबका प्रतिनिधि सँग तिलोत्तमा वार्ड नम्बर २ का अध्यक्ष दधिराम गौतम होम आइसोलेशनमा बस्नुभएका वडाबासिको घरमा पुग्नुभयो । कोरोना भाइरस सङ्क्रमणका कारण होम आइसोलेशनमै बसेका संक्रमित र परिवारको मनोबल बढाउन क्लब प्रतिनिधि र् वडा अध्यक्ष दैलामा आएपछि कोरोना सन्क्रमितहरु छक्क परेका थिए । सो घरदैलो अभियान जुराएको जागृति युवा क्लबले स्वास्थ्यकर्मिको साथमा वडा अध्यक्ष सहीत उच्च मनोबल राख्न सके कोरोना भाइरस सङ्क्रमणले कुनै असर नगर्ने भन्दै संक्रमित र परिवारलाई सुस्वास्थ्यको शुभकामना दिएका थिए ।


“कोरोना लागेको भनेर मानिसहरु टाढाटाढा भाग्छन्, दैलोसम्म आउने आँट कसैले गर्दैनन् तर समाजका अभियन्ताहरु स्वास्थ्य कर्मी र जनप्रतिनिधी सँग घरदैलोमै आएर कस्तो छ भनेर सोध्दा साह्रै खुशी लाग्यो”, एक संक्रमितले भन्नुभयो । 


यो अभियानले कोरोना सङ्क्रमितको मनोबल बढेको मात्रै होइन, संक्रमितलाई दुव्र्यवहार गर्न खोज्ने, सहयोग नगर्ने तथा सङ्क्रमितका कुरा काटेर बस्नेहरुको मुखसमेत बन्द भएको क्लबका अध्यक्ष बिदुर केसिले बाटएका छन। क्लब सँगको सहकार्यमा जनप्रतिधिहरु आएपछि छरछिमेकीको माया र सद्भाव झन् बढेको संक्रमितको प्रतिक्रिया छ । तिलोत्तमा -२ मा कृयाशिल सो क्लबले सङ्क्रमित परिवारलाई फलफुल तथा औषधी बितरण गरेका थिए । 


क्लबले यो अभियान थाल्नु अघी  छेउछाउका घरमा फोन गरेर सङ्क्रमितका घरमा ताला लगाइदिन, घरमा बस्न नदिन तथा छरछिमेकलाई नजिक नजानसमेत दबाब दिए । यसका कारण छिमेकी पनि दोधारमा परे तर जब क्लबका पदाधिकारी , स्वास्थ्यकर्मी र जनप्रतिनिधी सहितको टोली घरदैलोमा पुगेर संक्रमितलाई भेट्नुभएपछि छिमेकीको माया र सद्भाव झन् बढ्यो । “नजिकैका छिमेकीहरुको व्यवहार त एकदम राम्रो थियो बरु अलिक पर बस्ने व्यक्तिहरुले राम्रो व्यवहार गर्न खोजेनन् तर यो घरदैलोले निकै सकारात्मक सन्देश दियो”, एक संक्रमितले भन्नुभयो । क्लबका पदाधिकारी , स्वास्थ्यकर्मी र जनप्रतिनिधी सहितको यो अभियानले नजिक आउन नखोज्ने, हेय भाव राख्ने र असहयोग गर्नेहरुलाई ठूलो शिक्षा दिएको अनुभव सङ्क्रमितका परिवारले गरेका छन् ।

साथै सो टोलिले आइसोलेशनमा रहेका १७ संक्रमितलाई भेटेर शुभकामना आदानप्रदान गर्नुभएको थियो । स्वास्थ्य सावधानीका उपायको जानकारीसहित स्वास्थ्यलाभको शुभकामना र वैकल्पिक उपचार पद्दतिका आयुर्वेदिक ओखती बोकेर क्लबका पदाधिकारी , स्वास्थ्यकर्मी र जनप्रतिनिधी आइसोलेशनमा पुगेपछि सङ्क्रमितको मनोबल बढेको छ । सङ्क्रमितलाई भेटेर स्वास्थ्यलाभको कामना गर्नाका साथै थप सुरक्षा सावधानी अपनाउन आग्रह गरिएको वडा अध्यक्ष दधिराम गौतमले बताउनुभयो । सो अभियानमा तिलोत्तमा नगरपालिकाका स्वास्थ्यकर्मी आइसोलेशन तर्फबाट बिष्णु नेपाली, केशब भट्टराई, जागृति युवा क्लबका भिम पौडेल लगायत वार्ड सदस्यहरुको उपस्थिति रहेको थियो  

कमेन्ट गर्नुहोस्