लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मनसुन सक्रिय हुँदै, देशभरको मौसम कस्तो रहन्छ?

IMG

काठमाडौँ । देशभरको मौसम आइतबार सामन्यतया बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी वायु तथा मनसुनी न्यून चापीय रेखाको प्रभावका कारण बदली तथा वर्षा भएको हो । विगत केही दिनको तुलनामा मनसुन केही कमजोर भए पनि निष्क्रिय नरहेको मौसमविद शान्ति कँडेलले जानकारी दिएकी छन् ।

पूर्वदेखि पश्चिमका विभिन्न स्थानमा दिउँसो र राति बलदी तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले बताइन् । विगतका दिन भन्दा आइतबार पानीको मात्रा कम भए पनि सोमबारदेखि पुनः मौसम सक्रिय हुने उनले बताएकी छन् ।

विशेष गरी सोमबार रातिदेखि मनसुन सक्रिय भइ देशभर मध्यमदेखी भारी वर्षा हुने र बिहीबारसम्मै सो क्रम जारी रहने उनले बताएकी छन् । देशभरका नदीमा पानीको बहाव बढ्ने, पहिरो तथा बाढीको जोखिम हुने भएकाले सचेत हुने पर्ने उनले उल्लेख गरेकी छन् ।

कमेन्ट गर्नुहोस्